२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

एमएडब्लू वृद्धिले ल्यायो आकर्षक योजना

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते २१:४७
एमएडब्लू वृद्धिले ल्यायो आकर्षक योजना

काठमाडौं : एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना ल्याएको छ । कम्पनीले  नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने गरी माउन्टेन ईभी र टीएमवान मन पराउने ग्राहकहरूका लागि विशेष योजना ल्याएको जनाएको हो । 

उक्त अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने कम्पनीको दावी छ । सो नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएम वान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

उक्त योजनामा माउन्टेन ईभीको लागि ९.९९ लाख रुपैयाँ र टीएम वानको लागि ५.९९ लाख रूपैयाँसम्मको डाउन पेमेन्टको सुविधा पनि छ । यसका साथै, ग्राहकहरूले आर्थिक वर्ष २०८१/०८२ को लागि एक वर्षको निःशुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्ने कम्पनीको दाबी छ ।

घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउनेछन् । कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारीसाधनहरूलाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ । यो सीमित समयको रहेको भन्दै सो अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise