२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

चौपाया छाडा छाड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना तिराउने

Nada
२०८१ माघ १० गते १४:४८
Shares
चौपाया छाडा छाड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना तिराउने

रुपन्देही : जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ। छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।

ncell

नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत हप्तादेखी अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत हालसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले जानकारी दिए ।

“छाडा चौपाया आफ्नो भनी दाबी गर्न आउनुभएका दुई जनालाई रु सात हजारका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छौं” यादवले भने, “छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवाना गराई फेरी छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।”

गत वर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले हाल कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ ।

छाडा चौपायाले सडकमा जाम गर्नुका साथै बालीनाली खाइदिन थालेपछि छाडा चौपाया व्यवस्थापन अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तिायक अहमद खानले बताए ।

गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउने र बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने गरेकाले नगरमा छाडा चौपायाको समस्या हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर