काठमाडौं : सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो । यी पास नवीकरण गरिरहनु नपर्ने कार्यालयको भनाइ छ ।
यसअघि जारी भएका सात दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ । अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्ने व्यवस्था गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies