२०८१ माघ ११ गते शुक्रवार / Jan 24 , 2025 , Friday
२०८१ माघ ११ गते शुक्रवार
Ads

राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सव सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ माघ १० गते २०:५९
राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विभिन्न कार्यक्रमहरू गर्दै बैंकको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोसवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक शुभारम्भ भएको थियो ।

प्रमुख अतिथि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि उनले अनुरोध गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको र बैंकको पुँजीको विकासको लागि आउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको बताए । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले २०८१ पुस मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको र पुस मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको जानकारी दिएका थिए । सो बैंकसँग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाख भन्दा बढी पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise