काठमाडौं : टीभीएस मोटर कम्पनीले काठमाडौंमा राष्ट्रिय स्तरको सिप प्रतियोगितामा आयोजना गरेको छ । जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूको सहभागितामा कम्पनीले सो प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्नीसएनहरू नेपालभर बाट छानिएका उत्कृष्ट टेक्नीसएनहरू हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूले क्षमता वृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सिप र ज्ञानको बेजोड प्रदर्शनी गरेको आयोजक कम्पनीले जनाएको छ ।
यी शीर्ष ३० टेक्नीसियनहरूमध्येबाट पनि उत्कृष्ट ५ जनाको छनोट गरिने र तिनले भारतको बैंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सिप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्नीसियनहरूको चयन गरिएको छ ।