२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गरुडामा पहिलो व्यापार महोत्सव सुरु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ ११ गते २०:०९
Shares
गरुडामा पहिलो व्यापार महोत्सव सुरु

रौतहट : रौतहटको मध्यभागमा रहेको गरुडामा पहिलो व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । गरुडा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिणादेवी साहले उद्घाटन गरेकी छन् । 

ncell

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि साहले आर्थिक मन्दीको समयमा स्थानीय व्यापारीहरुलाई यस महोत्सवले व्यापार वृद्धि गर्न मद्दत पुग्ने बताइन् । यस महोत्सवले गरुडा नगरपालिकाका नागरिकहरुलाई आर्थिक पहुँचसँगै आयआर्जनमा सुधार ल्याउन सघाउने उनको विश्वास रहेको छ । 

कार्यक्रममा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले महोत्सवले केवल व्यापारीहरुलाई मात्रै लाभ नपुर्‍याइ सम्पूर्ण व्यापारीलाई फाइदा पुग्ने बताए ।

उनले सुरक्षा सुनिश्चित गर्न सीसी क्यामरा जडान गर्ने प्रतिबद्धता पनि जनाए । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । जसमा कृषि उत्पादन, हस्तकला, स्वदेशी उत्पादित वस्तुहरु, शिक्षा सामग्री प्रदर्शनी, र स्वास्थ्य एवं पर्यटनसँग सम्बन्धित स्टल रहेका छन् । यस अवसरमा रौतहट जिल्लाका कृषिजात उत्पादनहरुको प्रदर्शनी पनि गरिएको छ ।

नगरपालिकाकी उपप्रमुख पुनम चौधरीले महोत्सवले सीप हस्तान्तरण गर्न र छोटो अवधिको रोजगार प्रदान गर्न सहयोग पुग्ने बताइन् । उनले यसले आर्थिक गतिविधिहरुमा गति ल्याउने बताइन् । 

गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सतिश कुमार साहले महोत्सवको उद्देश्य र महत्वबारे जानकारी गराउँदै भने, ‘हाम्रो प्रयासले यहाँका व्यवसायीहरुलाई आर्थिक राहत र अभ्यस्तता प्रदान गर्ने भएको छ ।’

महोत्सवमा करिब दुई लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने मूल आयोजक समितिका संयोजक रामबाबु साह तेलीले बताए । पन्ध्र दिनसम्म संचालन हुने महोत्सवमा ९ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा बृन्दावन नगरपालिकाको पूर्व नगरप्रमुख रामस्नेही यादव, गरुडा नगरपालिकाको मेयर प्रत्यासी बृजकिशोर यादव, मेयर प्रत्यासी सुनिल यादव, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष रामजी साह सोनार,जसपाका युवा नेता राजकुमार दास लगायतले  मन्तव्य राख्दै महोत्सव सफलताको कामना गरेका थिए । १५ दिनसम्म संचालन हुने महोत्सवमा विभिन्न कार्यक्रम, प्रदर्शनी र सांस्कृतिक गतिविधिहरु आयोजना गरिने योजना बनाइएको छ । 

सम्बन्धित खबर