काठमाडौं : मेटलाइफ नेपालले इयर केयर नेपालसँग सहकार्य गर्ने भएको छ । सहकार्यमा काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयमा पूर्व प्राथमिक देखि कक्षा १० सम्मका २ हजार ४ सय बालबालिकालाई केन्द्रित गर्दै १० हप्ताको स्कूल इयर हेल्थ कार्यक्रमका लागि कम्पनीले इयर केयरसँग सहकार्य गर्ने भएको हो ।
यस पहलले दीर्घकालीन कानको स्वास्थ्य सचेतना प्रवर्द्धन गर्ने र बालबालिकामा सम्बन्धित समस्याहरूलाई रोक्नको लागि प्रारम्भिक पहिचान र शिक्षाको महत्त्वपूर्ण भूमिकालाई जोड दिने लक्ष्य राखेको छ । विद्यालय जाने बालबालिकाहरूमा कान सम्बन्धी समस्याहरूको प्रारम्भिक पहिचान र रोकथाम गर्न लक्षित छ । नेपाली रुपैयाँ ५ लाख १३ हजारको सहयोगमा, इयर केयर नेपालका कन्सल्टेन्ट ईएनटी सर्जनहरूले ८ देखि १० विद्यालयहरूमा विद्यार्थीहरूको कानको रोग र श्रवण शक्तिको स्क्रिन र उपचार गर्न जानेछन् ।
उक्त कार्यक्रममा पोर्टेबल अडियोग्राम मेशिनहरूले साइटमा श्रवण परीक्षणहरू सञ्चालन गरिने, साना समस्याहरूको तुरुन्तै उपचार गरिने जनाइएको छ । साथै, कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई संलग्न सिकाइ सामग्रीहरूमार्फत् कानको स्वास्थ्यलाई प्राथमिकता दिन कान र श्रवण स्वास्थ्य शिक्षा प्रदान गर्ने जनाइएको छ ।
‘हामी यस महत्वपूर्ण पहलमा इयर केयर नेपालसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं’, यस कार्यक्रमले कान र श्रवणलाई गम्भीर रूपमा सम्बोधन गरेर बालबालिकाको स्वास्थ्य र कल्याणमा सुधार गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ’, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।