२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

डिआईजी आचार्यद्वारा कटहरिया ईलाका प्रहरी कार्यालय निरीक्षण

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ १२ गते ०९:४८
Shares
डिआईजी आचार्यद्वारा कटहरिया ईलाका प्रहरी कार्यालय निरीक्षण

रौतहटः मधेश प्रदेशका प्रहरी प्रमुख महानिरीक्षक डिआईजी लालमणी आचार्यले रौतहटको ईलाका प्रहरी कार्यालय कटहरिया निरीक्षण गरेका छन् । डिआईजी आचार्यले शुक्रबार ईलाका प्रहरी कार्यालय कटहरियाको निरीक्षण गरेका हुन् ।

ncell

कटहरियाका प्रहरी नायब निरीक्षक मुकेश कुमार सिंहका अनुसार निरीक्षणको क्रममा डिआईजी आचार्यले प्रहरीले प्रवाह गर्नुपर्ने सेवा निःस्वार्थ एवं पारदर्शी तवरबाट गर्न ईलाका प्रहरी कार्यालय कटहरियामा कार्यरत प्रहरीहरुलाई आग्रह गरेका थिए । 

निरीक्षण पश्चात पत्रकारहरुसँग कुरा गर्दै डिआईजी आचार्यले भने, ‘शान्ति सुरक्षाको अवस्था मधेश प्रदेशमा समान्य छ । चोरी तस्करीको घटना नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले विशेष कदम चालेको छ । अन्य ठाउँमा भएका अपराधका घटनालाई लिएर हामी सतर्क हुनुपर्छ ।’ 

डिआईजी आचार्यसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख एसपी भिम किरण बोगटी, कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल, पूर्व विधायक कुन्दन कुशवाहा, वडा नम्बर ४ का वडा अध्यक्ष चनदन कुशवाहाले पनि ईलाका प्रहरी कार्यालय कटहरियाको निरीक्षणमा गरेका थिए ।

सम्बन्धित खबर