२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

रवि लामिछानेको तेस्रो दिनको बहस सुरु

himalayanlife
२०८१ माघ १३ गते १२:०२
Shares
रवि लामिछानेको तेस्रो दिनको बहस सुरु

काठमाडौँ : रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस सुरु भएको छ । रुपन्देही अदालतमा आज तेस्रो दिनको बहस सुरु भएको हो । 

शुक्रवार रवि पक्षका तीन जना वकिलले बहस गरेका थिए । आज बाँकी रहेको बहस सुरु भएको हो । आज वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् । 

रविको पक्षमा नाम टिपाएका अन्य वकिलहरुको बहस सकिएपछि  सवाल जवाफ हुनेछ । बुधवार ५ नं इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडिएको थियो । 

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेको छ । 
 

सम्बन्धित खबर