२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते १३:१२
चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

चितवन :  चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरिन् । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित भइन् ।

उपाध्यक्षमा सीताराम अधिकारी विजयी भए । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरे । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गर्नुभयो । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भएका छन् ।

कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भइन् ।

खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise