२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

सशक्त बालिका परियोजनामार्फत सञ्चालन गरिएका गतिविधिहरुको अनुगमन

hardik ivf
सन्तोष पौडेल
२०८१ माघ १३ गते २१:२६
सशक्त बालिका परियोजनामार्फत सञ्चालन गरिएका गतिविधिहरुको अनुगमन

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित सशक्त बालिका परियोजनामार्फत समुदाय तथा विद्यालयमा सञ्चालन गरिएका गतिविधिहरुको अनुगमन गरिएको छ ।

परियोजनाका गतिविधिहरुका प्रभावकारिता सुनिश्चित गर्दै सशक्त बालिका परियोजना कार्यान्वयनको उपलब्धी तथा प्रभावकारिताबारे अवलोकन गराउने र लक्षित वर्गसँग अन्तक्रिया गर्ने तथा परियोजनाबाट विद्यालयलाई सहयोग गरिएका विज्ञान प्रयोगशाला, विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरुको सहयोग तथा प्रयोगको अवस्थाबारे अनुगमन गरी भौतिक तथा अन्य सुविधाहरु रेखदेख र मर्मत सम्भार गर्नेउ पायहरु पहिल्याउन अनुगमन गरिएको हो ।

अनुगमन टोलीले गेरुवा गाउँपालिका वडा नं. ५ को बिन्द्रामा अभिभावकसँग अन्तरक्रिया एवं छलफल, वडा स्तरीय बालअधिकार समितिसँग छलफल तथा अन्तरक्रिया र श्री पशुपति माध्यमिक विद्यालयलाई सहयोग गरिएको विज्ञान प्रयोगशाला सामाग्रीको अवलोकन एवम् विपन्न विद्यार्थीहरुलाई गरिएको शैक्षिक सामग्रीहरु सहयोग तथा प्रयोगको अवस्थाबारे छलफल गरिएको थियो ।

अनुगमनका क्रममा अभिभावक शिक्षा यसको आवश्यकता वा औचित्यको बारेमा समुदाय जानकार रहेको, अभिभावक शिक्षामा छलफल हुने बस्तुहरु समय सापेक्ष वा सान्दर्भिक रहेको, अभिभावक शिक्षामा छलफल भएका विषयबस्तुले अभिभावकहरुको विचार वा व्यवहार परिवर्तन गर्न सहयोग पुगेको पाइएको छ ।

त्यस्तै बाल अधिकार समितिको काम कर्तव्य र अधिकारको बारेमा समिति जानकार रहेको, बाल अधिकार समितिको बैठक नियमित बस्ने गरेको, बाल अधिकार समितिले बालबालिकाको संरक्षण सम्वद्र्धन तथा हितको लागि पटक–पटक विभिन्न निर्णयहरु गरेको पाइएको छ ।

अनुगमनका क्रममा सशक्त बालिका परियोजनाबाट विज्ञान प्रयोगशालाको लागि सहयोग गरिएका सामग्रीहरु उपयुक्त भएको, सहयोग गरिएका सामग्रीहरु कक्षा शिक्षण तथा विज्ञान प्रयोगात्मक कक्षाका लागि प्रयोग भएको, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक शिक्षक संघको बैठक नियमित बस्ने गरेको र विद्यालयमा सुझाव पेटिका उपयुक्त स्थानमा राखिएको पाइएको छ ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. को नेतृत्वमा उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द,  वडा नं.५ का वडाध्यक्ष धर्म प्रकाश थारु, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, लेखा अधिकृत सुदिप सिग्देल, महिला बालबालिका तथा समाजकल्याण उप–शाखा प्रमुख रमा पुन मगर, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, परियोजना संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत सीमा वली, फिल्ड सुपरभाइजर शान्ति कार्की एवम् सञ्चारकर्मीसहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।

ADVenergy

सम्बन्धित खबर

Advertise