२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेलाई रानाभाटको नेतृत्वमा पुनर्जीवन

Nada
२०८१ माघ १३ गते २२:०८
Shares
लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेलाई रानाभाटको नेतृत्वमा पुनर्जीवन

नेपालगन्ज : नेपालगन्जका साहित्यकार भरतबहादुर रानाभाटको अध्यक्षतामा लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्ष प्रकाश गिरी ‘निश्चल’को अध्यक्षतामा सम्पन्न प्रतिष्ठान बाँकेको तेस्रो अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । 

ncell

प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका लोकप्रिय साहित्यकार रानाभाटको अध्यक्षतामा चयन भएको प्रतिष्ठान बाँके शाखाको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा चन्द्रावती अधिकारी (कोहलपुर), सचिव करिस्मा योगी (नेपालगन्ज), सहसचिव  वालकृष्ण शर्मा तथा कोषाध्यक्ष पुष्पा सुवेदी आचार्य रहेकी छन् । 

त्यसैगरी सदस्यहरुमा फणिन्द्र आचार्य, डम्बर विश्वकर्मा, सतिश निरौला, सीता सुनगाभा पोखरेल चयन भएकी छन् । 

साहित्यकार ऋषि आजादको नेतृत्वमा रहेको लुम्बिनी वाङ्मय प्रतिष्ठानको संस्थापक अध्यक्ष स्व.हिमलाल ज्ञवाली थिए । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा शाखा रहेको प्रतिष्ठानको केन्द्रीय अधिवेशन आगामी फागुनको १० गते दाङको लालमतियाका हुन लागेको नवनिर्वाचित अध्यक्ष रानाभाटले बताए । 

उक्त अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट कोहलपुर वाङ्मय प्रतिष्ठानकी का.वा. अध्यक्ष कथाकार सुमित्रा न्यौपानेलाई सम्मान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्रज्ञा सदस्य हरि प्रसाद तिमिल्सिनाले साहित्यकार न्यौपानेलाई  सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य महानन्द ढकाल, विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाका अध्यक्ष लेक प्रसाद प्याकुरेल, प्रतिष्ठानकी केन्द्रीय सदस्य मीना बराल, प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष साहित्यकार पुष्पमणि प्रधान लगायत  साहित्यकारहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित खबर