दोहा कतार : दलित एकता सञ्जाल नेपाल, कतारले छैटौं अधिवेशनको आयोजना गर्ने भएको छ । "दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीको सहभागिता" भन्ने मूल नाराका साथ सन् २०१३ मा स्थापना भएको सञ्जालले छैटौं अधिवेशनको आयोजना गर्न लागेको हो ।
विविध सांस्कृतिक कार्यक्रमका साथमा आगामी शुक्रबार सनैयास्थित फूलबारी स्पाइस नेपाली रेस्टुरेन्टको सभा हलमा अधिवेशन हुन् लागेको सञ्जालका अध्यक्ष किरण परियारले जानकारी दिए । अधिवेशनको तयारी अन्तिम चरणमा पुग्नुका साथै उपस्थितिका लागि कतारमा स्थापित विभिन्न संघ संस्थाहरूलाई पत्राचार गरिसकिएको बताए । उनले अधिवेशनलाई सफल बनाउन दलित अभियन्ता तथा सरोकारवाला व्यक्तिवहरुलाई अनुरोध समेत गरेका छन् ।
अधिवेशनमा पञ्चेबाजासहित कतारमा स्थापित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।