काठमाडौं : गरिमा विकास बैंकका ग्राहकले वात्सल्य नेचुरल आईभिएफको सेवामा छुट पाउने भएका छन् । बैंक र वात्सल्यबीच आईभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
बैंकको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले उक्त छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवा पुस्ताहरूमा वृद्धि हुँदै गईरहेको निसन्तानपनको उपचारका लागि वात्सल्य नेचुरल आईभिएफसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।
सम्झौता पश्चात यस विकास बैंकका सम्पूर्ण ग्राहकहरूले वात्सल्य नेचुरल आईभिएफमा निसन्तान सम्बन्धी उपचारको प्याकेजमा एकमुष्ठ १०, हजार, प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । विकास बैंकका खातावाल ग्राहक, डेबिट तथा क्रेडिट कार्डहोल्डरहरूले वात्सल्य नेचुरल आईभिएफको सम्पूर्ण आउटलेटहरूबाट उक्त छुट प्राप्त गर्नेछन् ।