काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, कुमारीगालस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा विशिष्ट व्यक्तित्व अभिनन्दन कार्यव्रmम सम्पन्न गरेको छ । शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानका समग्र गतिविधिहरू उल्लेख गर्दै संस्थाको प्रगतिमा गुठियार, सल्लाहकार, शिक्षक कर्मचारी, अभिभावक लयायत शुभेच्छुकहरूको महत्त्वपूर्ण योगदान रहेको कुरामा जोड दिए ।
कार्यक्रममा वरिष्ठ जनगायक रामकृष्ण दुवाल र समाजसेवी जितेन्द्र श्रेष्ठलाई विशिष्ट व्यक्तित्व सम्मान एवम् शिक्षकहरू रामकृष्ण पुडासैनी र पूजा घिमिरेलाई २० वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले बालबालिकाहरूलाई प्रदान गरिने शिक्षा व्यवहार उपयोगी हुनुपर्ने कुरामा जोड दिँदै प्रतिष्ठानबाट भइरहेका यस किसिमका शैक्षिक गतिविधिहरूको खुलेर प्रशंसा गरे ।
कार्यक्रम प्रतिष्ठानका गुठियार शम्भुप्रसाद बडालको अध्यक्षतामा सम्पन्न भएको थियो । गुणस्तरीय शिक्षाका लागि अरुणिमा शैक्षिक प्रतिष्ठानले लामो समय अघिदेखि ख्याति कमाउँदै आएको छ ।