२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

गेरुवामा सीपमूलक तालिम सञ्चालन गरिने

hardik ivf
सन्तोष पौडेल
२०८१ माघ १६ गते २०:५२
गेरुवामा सीपमूलक तालिम सञ्चालन गरिने

‎बर्दिया : ‎‎बर्दियाको गेरुवा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४० जना युवाहरुलाई सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

‎प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रुपान्तरण पहल आयोजनामार्फत युवाहरुका लागि सीप विकास र जीवनोपयोगी तालिम सञ्चालन गरिन लागेको हो ।

आइतबारबाट सञ्चालन हुने तालिममा गेरुवा गाउँपालिकाका ६ वटा वडाका ४० जनाको सहभागिता रहनेछ । सहभागीहरुमध्येबाट २० जनालाई सिकर्मी र २० जनालाई डकर्मी तालिम प्रदान गरिने गेरुवा गाउँपालिका रोजगार सेवा केन्द्रकी रोजगार संयोजक राज्यलक्ष्मी झाले बताइन् ।

‎१८ वर्ष पूरा भइ ४० वर्ष ननाघेका सूचीकृत बेरोजगार युवाहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुले ४० दिन कार्यस्थलमा सीप विकास तालिम लिनेछन् भने १० दिने जीवन उपयोगी सीप सम्बन्धी तालिम लिने छन् । ५० दिनको तालिमपछि सहभागीहरु ५० दिन योजनाहरुको काममा खटिनेछन् ।

तालिमका सहभागीहरुलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले न्यूनतम ज्याला प्रदान गरिने रोजगार सहायक कैलाश लामिछानेले बताए ।

‎सीपमूलक तालिमपछि सहभागीहरुलाई रोजगारमूलक काममा सहभागी हुनका लागि बाटो खुल्ने अपेक्षा गरिएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise