२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

वरिष्ठ न्यूरो सर्जन डा.रोका सम्मानित

himalayanlife
२०८१ माघ १६ गते २०:५५
Shares
वरिष्ठ न्यूरो सर्जन डा.रोका सम्मानित

विराटनगर :वरिष्ठ न्यूरो सर्जन डा.यामबहादुर रोका सम्मानित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र विराट नर्सिङ होमले लामो समयदेखि कोशी प्रदेशमा रहेर चिकित्सा क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएको भन्दै डा.रोकालाई सम्मान गरेको हो । 

अस्पतालले बुधबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा विराट शिक्षण अस्पतालमा एक कार्यक्रम आयोजना गरी डा.रोकालाई सम्मान गरेको हो । 

सम्मान कार्यक्रममा प्रदेशप्रमुख पर्शुराम खापुङले न्यूरो सर्जरीसहितको चिकित्सा सेवामा जीवनको महत्वपूर्ण १५ वर्ष अनवरण सेवा दिएर ठूलो योगदान पुर्‍याएकोमा बधाई तथा शुभकामना दिएका थिए ।  

कार्यक्रममा अस्पतालका प्रमुख डा.ज्ञानेन्द्रमान सिंह कार्कीले विराटनगरकै अन्य अस्पतालमा काम गरी ठूलो संख्यामा बिरामीलाई सेवा दिएका डा.रोक्कालाई सम्मान गर्न पाउनु सुखद भएको बताएका थिए ।

उनले भने, ‘त्यो समय जतिबेला सामान्य दुर्घटनाबाट चोटपटक लाग्दा पनि उपचार गर्न कि त काठमाडौं, कि त भारत जानुपर्ने बाध्यता दियो । त्यो समयदेखि कोशी प्रदेशमा पहिलोपटक न्यूरो सेवामा लागेका चिकित्सकलाई सम्मान गर्न पाउनु गर्वको कुरा हो ।’

गण्डकी प्रदेश बाग्लुङ घर भएका डा.रोक्का पोखरास्थित गण्डकी मेडिकल कलेजमा प्रोफेसरको रुपमा आवद्ध हुन जान लागेको बताउँदै डा.कार्कीले आउने दिनहरुमा सहकार्यको लागि बाटो खुला रहेको बताए ।

उनले भने,‘अहिले पनि मलाई धोको छ, यदि त्यस्तो सहकार्य गर्ने अवसर मिले आउने दिनमा सहकार्य गर्नका लागि हामी खुलाछौं ।’

त्यसैगरी, सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा.रोक्काले आफूले विराटनगरमा कामगरिरहँदा सर्वसाधारणबाट निकै ठूलो सहयोग पाएको बताए । 

कार्यक्रममा बिराट नर्सिङ होमका सिइओ डा.निकिता कार्की, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, अस्पतालका मेडिकल डाइरेक्टर डा. दिप्तेश अर्यालले डा.रोकाको योगदानको खुलेर प्रशंसा गरेका थिए । 

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा रहेर लामो समयसम्म बिरामीलाई सेवा दिएका डा.रोकालाई केही समयअघि मात्र अस्पतालले बिदाइ गरेको थियो । डा.रोक्का पोखरास्थित गण्डकी मेडिकल कलेजमा प्रोफेसरको रुपमा आवद्ध हुनजान लागेका हुन् । 

आज भन्दा १५ वर्ष अगाडि कोशी प्रदेशमा पहिलो पटक मस्तिष्कको शल्यक्रियाको शुरुवात गरेका डा.रोकाले न्यूरो सर्जरीको लागि विदेश तथा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गरेका थिए । न्यूरो सर्जरीमा एमसीएच गरेका डा.रोकाले मस्तिष्क शल्यक्रियाको १५ वर्षे अवधिमा हजारौं हजार बिरामीको शल्यक्रिया गर्न सफल भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर