२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु

draupadi film
लक्ष्मण यादव
२०८१ माघ १६ गते २१:३७
बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु

सर्लाही : सर्लाहीको बरहथवामा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । बुधबार नगरपालिकाको वडा नं.८, टाँडी टोलस्थित दलित सामुदायिक प्राथमिक विद्यालयको बरन्डामा बेहोस् फेला परेका एक बेवारिसे पुरुषको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रहरीका अनुसार बरहथवा बजार क्षेत्रमा मागेर हिँड्ने, मानसिक सन्तुलन ठिक नभएका ६५ वर्षीय पुरुषलाई बेहोस अवस्थामा भेटिएपछि उपचारको लागि बरहथवा स्वास्थ्य केन्द्रमा पठाइएको थियो । 

हालसम्म मृतकको पहिचान हुन नसकेकाले मृतकको अभिभावक वा आफन्तलाई आवश्यक कागजातसहित सम्पर्क गर्न ईलाका प्रहरी कार्यालय बरहथवाले अनुरोधसमेत गरेको छ । मृतक पुरुषको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise