२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

संगठन बलियो बनाउनेतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ माघ १८ गते २१:५८
संगठन बलियो बनाउनेतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन

अर्घाखाँची : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले  गठबन्धनको पक्ष र विपक्षका बारेमा बहस गर्नुभन्दा  संगठन बलियो बनाउनेतर्फ लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस मालारानीले खनमा आयोजना गरेको  दुई  दिने पालिका स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै सभापति  पुनले  नेपाली कांग्रेसको नेतृत्वमा देशमा ठूला–ठूला परिवर्तन भएको तर नेता कार्यकर्ताले  प्रचार–प्रसार गर्न नसक्दा कांग्रेसले गरेका हरेक गतिविधिहरु ओझेलमा पर्ने गरेको बताए । 

कांग्रेसले गरेका गतिविधिहरु जनताको बीचमा लैजान उनले आग्रह गरे । अन्य दलसँग गठबन्धन गरेकै कारण नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र संघमा समेत  सोचे अनुसारको नतिजा ल्याउन नसकेको बताउँदै पुनले अब कांग्रेसका कुनै कार्यकर्ताले अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न नपर्ने गरी संगठन निर्माणमा होमिन सके २०८४ सालमा  कांग्रेस एक्लै चुनाव लड्ने र बहुमत ल्याउन सक्ने दाबी गरे ।

पुनले चैत मसान्तभित्र क्रियाशिल सदस्यता नविकरणको काम नगरे त्यसपछि नविकरण नहुने भएकोले समयमा नविकरण गर्न कार्यकर्तालाई निर्देशन दिए  ।  

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल मुस्कान,  नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी,  नेपाली कांग्रेस प्रशिक्षण विभाग प्रमुख पार्टी उपसभापति विष्णुप्रसाद भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise