२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

मोरङका ६१ हजार बढी किशोरीहरूलाई एचपीभी खोप लगाइँदै

draupadi film
जुनु भट्टराई
२०८१ माघ २० गते २३:१९
मोरङका ६१ हजार बढी किशोरीहरूलाई एचपीभी खोप लगाइँदै

विराटनगर : पाठेघरको क्यान्सरविरुद्धको अभियान अन्तर्गत मोरङका ६१ हजार १ सय ७ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । 

स्वास्थ्य कार्यालय मोरङका अनुसार मोरङमा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका ६१ हजार १ सय ७ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप लगाउन लागिएको हो । 

आइतबार जिल्ला स्वास्थ्य कार्यालय विराटनगरमा आयोजित जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीबीचको अभिमुखीकरण कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलले ६१ हजार १ सय ७ मध्ये विद्यालय जाने ५० हजार ५ सय ९७ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५१० जना किशोरी रहेको जानकारी दिए । 

स्वास्थ्य कार्यालय मोरङका अनुसार खोप अभियान माघ २३ देखि फागुन १ गतेसम्म दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा २३ माघदेखि विराटनगर महानगरपालिका, लेटाङ, बेलबारी, सुन्दरहरैचा नगरपालिका, मिक्लाजुङ, बुढीगंगा, ग्रामथान, केराबारी गाउपालिकामा खोप लगाइनेछ । 

त्यसैगरी माघ २७ गतेबाट पथरीशनिश्चरे, उर्लावारी, सुनवर्षी, रंगली, रतुवामाई नगरपालिका, कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिकामा खोप अभियान सुरु हुनेछ ।  
खोप अभियानमा सहभागी ६१ हजार १ सय ७ किशोरीमध्ये विद्यालयको ६ सय १३ खोप केन्द्रहरुबाट ५० हजार ५ सय ९७ जना

किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको छ । विद्यालय बाहिर रहेका १० हजार ५ सय १० किशोरीहरु १ सय ६४ स्वास्थ्य संस्था केन्द्र, ७७ समुदायस्तरमा गरी जम्मा ८ सय ५४ खोप केन्द्रहरुबाट किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको छ । 

जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीबीचको अभिमुखीकरण कार्यक्रममा कोशी अस्पतालका बाल रोग विभागका प्रमुख तथा बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीले पाठेघरको मुखको क्यान्सरको अवस्था, एचपीभी खोप र अभियानको औचित्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशी,  जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, उपप्रमुख उषा झा, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, निजी अस्पताल सञ्चालक संघ कोशी प्रदेशका अध्यक्ष शंकर अधिकारी लगायतले खोप अभियानलाई प्रभावकारी बनाउन सम्पूर्ण पक्षको सहयोग आवश्यक रहेको आंैल्याएका थिए । 
 

ADV

सम्बन्धित खबर

Advertise