२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सिरहामा एचपिभी खोप अभियान सुरु

Nada
२०८१ माघ २२ गते १५:०६
Shares
सिरहामा एचपिभी खोप अभियान सुरु

लहान : सिरहा जिल्लामा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान मंगलबारदेखि सुरु भएको छ । खोप अभियान शुभारम्भ कार्यक्रम जिल्ला खोप समन्वय समिति सिरहाको संयोजक तथा जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिनेश कुमार महतोको अध्यक्षतामा भएको हो ।

ncell

कार्यक्रममा सहायक जिल्ला समन्वय अधिकारी चेतराज बराल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने जिल्ला शिक्षा अधिकारी दिपकराज कनौली, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश पण्डित तथा अन्य सम्बन्धित निकायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा सुरु गरिएको यस खोप अभियानअन्तर्गत जिल्लाभरिका विभिन्न स्थानहरूमा लक्षित उमेर समूहका बालिकाहरूलाई खोप प्रदान गरिनेछ । खोप अभियानले पाठेघरको मुखको क्यान्सरको रोकथाममा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो खोप १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई प्राथमिकताका साथ लगाइनेछ । अभियानलाई प्रभावकारी बनाउन विभिन्न विद्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक केन्द्रहरूसँग सहकार्य गरी खोप उपलब्ध गराइनेछ ।

सो अवसरमा जिसस प्रमुख महतोले स्वास्थ्य सुरक्षाका लागि यस्तो खोप अभियान आवश्यक रहेको उल्लेख गर्दै खोप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सहकार्य जरुरी रहेको बताए । 

ताजा खबर

सम्बन्धित खबर