२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

रौतहटमा एचपिभी खोप अभियान सुरु

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ २२ गते २१:२०
Shares
रौतहटमा एचपिभी खोप अभियान सुरु

रौतहट : रौतहट गौर नगरपालिकामा रहेको स्वास्थ्य कार्यालय गौरको सभा हलमा एच.पि.भि खोप अभियान विधिवत रुपमा सुरु गरिएको छ । 

जिल्ला स्तरीय खोप समन्वय समितिका सभापति रामअयोध्या राय यादवले मंगलबार एच.पि.भी खोप अभियानको उद्घाटन गरी ९ जना छात्रालाई खोप लगाइ  कार्यक्रमको विधिवत् रुपमा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रौतहट गौरका कार्यालय प्रमुख राजेश कुमार सिंहले खोपको लक्ष्य, उद्देश्य, उपलब्धी, अवस्थाबारे जानकारी गराएका थिए । उनले  पाठेघरको मुखको क्यान्सर निवारण, रणनीति, एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रियाबारे खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारीबारे उनले बताए । 

आगामी फागुन ६ गतेसम्म संचालन हुने खोप अभियानमा ४९  हजार २ सय ६९ छात्रा र किशोरीहरुलाई खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय गौरका कार्यालय प्रमुख सिंहले बताए ।

यो लक्ष्यमा १०० प्रतिशत अनिवार्य खोप लगाउनुुपर्ने उनको भनाइ छ । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्षदेखि १४ वर्ष मुनिका किशोरीहरु कोही पनि नछुटाउन नहुनेमा उनले जोड दिए । 

कार्यक्रममा जिल्ला खोप अभियानका अध्यक्ष तथा जिल्ला समन्वय समिति रौतहट गौरका सभापति रामअयोध्या राय यादव, जिल्ला समन्वय समितिका उपसभापति महेश बैठा, राष्ट्रिय अनुसन्धान कार्यालयका अभिनय कुमार सिंह, जिल्ला कार्यालय रौतहट प्रहरी उपरीक्षक दिलिप घिमिरे, रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष राजकिशोर प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर