२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक, प्रेमदेखि धोका र पीडासम्मको कथा

Nada
२०८३ मंसिर २ गते १७:०६
Shares
‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक, प्रेमदेखि धोका र पीडासम्मको कथा

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले यसअघि ‘बाँसैको सुप्लाखे’ गीत सार्वजनिक गरेको थियो भने बिहीबार चलचित्रको टिजर दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । मौलिक नेपाली संस्कृति र गाउँले परिवेशबाट सुरु हुने टिजरमा प्रेम, विवाह, खुसी, धोका र वियोगका दृश्य समेटिएका छन् ।

सुरुवातमा विजय र अञ्जनाबीचको प्रेम र वैवाहिक जीवनको खुसी देखाइएको छ । त्यसपछि विनोद न्यौपानेको प्रवेशसँगै कथाले नयाँ मोड लिन्छ । उनको आगमनपछि विजयको वियोग र अञ्जनाले भोग्नुपरेको धोका तथा पीडालाई टिजरमा प्रस्तुत गरिएको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल र अञ्जना बराइलीले दोस्रोपटक सँगै काम गरेका हुन् । यसअघि उनीहरूले सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा सहकार्य गरेका थिए ।

चलचित्रमा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटालगायत कलाकारको अभिनय रहेको छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् भने प्रशान्त सिवाकोटीले संगीत दिएका छन् । चलचित्र आगामी मंसिर १८ गते प्रदर्शनमा आउनेछ । यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर