२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

कपिलवस्तु प्रहरीको कार्यसम्पादन उत्कृष्ट

hardik ivf
शहबाज खान
२०८१ फागुन २ गते २२:१२
कपिलवस्तु प्रहरीको कार्यसम्पादन उत्कृष्ट

कपिलवस्तु : कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले पछिल्ला पाँच महिनाको प्रहरी कार्यसम्पादन तथा माघ महिनामा भएका प्रमुख घटनाबारे जानकारी गराएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरी कार्यालयले कार्यसम्पादन सार्वजनिक गरेको हो । 

कपिलवस्तु प्रहरीले १५० पूर्णांकमध्ये १०७ अंक प्राप्त गर्दै ७१.३३ प्रतिशत कार्यसम्पादन दर हासिल गरेको छ । यससँगै प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु अग्रपंक्तिमा परेको छ । पछिल्लो एक महिनामा १०८ विभिन्न घटना दर्ता भएका छन्, जसमा मुख्य रूपले सवारी दुर्घटना (३५), आत्महत्या (८), आत्महत्या उद्योग (१४), अवैध सामान बरामद (२६), लागुऔषध मुद्दा (१९), चोरी (८), र हराइएका सवारी साधन (६) रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गरे । उनले नागरिकसँग सहकार्य गर्दै सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले माघ महिनाका घटनाको विस्तृत रिपोर्ट प्रस्तुत गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise