२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

अर्थविद् शेरजंगद्वारा लिखित 'किइज अफ हाउ टू डेभलप नेपाल' सार्वजनिक

shivam cement
मध्यान्ह
२०८१ फागुन ३ गते ११:०७
अर्थविद् शेरजंगद्वारा लिखित 'किइज अफ हाउ टू डेभलप नेपाल' सार्वजनिक

काठमाडौं : अर्थविद् डाक्टर शेरजंग बहादुर चन्दद्वारा लिखित पुस्तक 'किइज अफ हाउ टू डेभलप नेपाल' (KEYS OF HOW TO DEVELOP NEPAL ) सार्वजनिक भएको छ । इन्दिगो इन्क द्वारा प्रकाशित उक्त पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने आवश्यक रणनीति, नीति र उपायहरू सरल रूपमा लेखिएको छ ।

पुस्तकमा नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरण कसरी सम्भव छ भन्ने कुरा समेटिएको छ । त्यसैगरी सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारहरूमा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने कुराहरू पुस्तकमा समावेश गरिएको पनि लेखक डाक्टर शेरजंग बहादुर चन्दले बताए ।

पुस्तकमा नेपालमा प्रत्यक्ष विदेशी लगानी एफडिआई (FDI) भित्र्याउने रणनीति, नेपालका सम्भावित क्षेत्रहरूमा लगानी अवसरबारे प्रष्ट पारिएको छ । त्यस्तैगरी भौतिक संरचनाको विकास यसका लागी सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकासकसरी गर्न सकिन्छ भन्दै पूर्वाधार निर्माणमा सार्वजनिक-निजी साझेदारी (PPP) को भूमिका, प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति समेटिएको पनि लेखक चन्दले बताए ।

त्यस्तै सञ्चार तथा प्रविधिलाई समेटेर डिजिटल नेपाल अभियान तथा प्रविधिमा लगानी, इन्टरनेट तथा दूरसञ्चार पूर्वाधारको विस्तार तथा    प्रविधिमा नवाचार तथा स्टार्टअप संस्कृति विकास समेटिएको छ । त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार कसरी गर्न सकिन्छ भन्दै गुणस्तरीय तथा व्यावसायिक शिक्षा प्रणालीको विकास,स्वास्थ्य सेवा पहुँचमा सुधार तथा आधुनिक स्वास्थ्य पूर्वाधार विकास, प्रविधिमा आधारित शिक्षा तथा स्वास्थ्य सेवाबारे लेखिएको छ ।

नेपालको आर्थिक नीति तथा समग्र विकास रणनीतिहरूमा विशेष अध्ययन गरेका लेखक शेरजंग बहादुर चन्द एक अनुभवी अर्थविद् हुन् । चन्दको अनुभव तथा विश्लेषणको मिश्रणले भरिएको यस पुस्तक नेपालको विकासका लागि मार्गदर्शक बन्दै एक महत्पूर्ण दस्तावेज हुने विश्वास  गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise