काठमाडौं : नेपाली चलचित्रको श्रीवृद्धिका लागि बक्स अफिस इन्टरनेशनल ग्रुपले आयोजना गरेको ओपन च्यालेन्ज फिल्म फुटबल कपको उपाधि बुढानीलकण्ठ फुटबल क्लबले उचालेको छ ।
काभ्रे, भक्तपुर र ललितपुरको ३४ टिमको फुटसल टिमको कडा प्रतिस्पर्धा रहेको फिल्म कपको उपाधिमा भने बुढानीलकण्ठ एफसीले दरबारमार्गको फूलमाया फुटबल टिमलाई १-० गोलले पराजित गर्दै नगद १ लाख १ हजार १ सयसहित आकर्षक ट्रफी, चलचित्र दुःखी आत्माको तर्फबाट १० वटा टिकट प्राप्त गरेको छ ।
प्रतियोगिताका कूल ३४ टिमका झन्डै ३ सय खेलाडीलाई पछि पार्दै बुढानीलकण्ठ एफसीले प्रतियोगिताको बेस्ट खेलाडीसहित उत्कृष्ट म्यानेजर विधाको पुरुस्कार प्राप्त गरेको छ भने फूलबारी एफसीले ५१ हजार ५ सय नगद र ट्रफी तथा चलचित्र दुःखी आत्माको २० वटा टिकट, उत्कृष्ट किपरको अवार्डसहित सिल्भर मेडल प्राप्त गरेको छ । विजेता तथा उपविजेतालाई लाइन्स क्लबका अध्यक्ष नकुल गिरीसहित वरिष्ठ खेलाडी, वरिष्ठ चलचित्रकर्मी, वरिष्ठ समाजसेवीहरुले सामूहिकरूपमा पुरुस्कार वितरण गरेका थिए ।
कूल ३४ टिमको उत्साहजनक सहभागिता रहेको फिल्म कपमा लामा एफसीले प्रतियोगिताकै फेयर प्ले अवार्ड पायो भने फुटबल लभरको अवार्ड रोयल डिजाइन एफसीले उचालेको छ । विजेता बुढानीलकण्ठ एफसीका टिम म्यानेजर दिपेश श्रेष्ठ उत्कृष्ट टिम म्यानेजरको अवार्डबाट सम्मानित भए । त्यसैगरी राजधानीको चुच्चेपाटीमा सञ्चालनमा आएको हिमालयन फुटसल उत्कृष्ट फुटसल अवार्डबाट सम्मानित भएको थियो भने फुटबल हट अवार्डबाट अजय एफसीलाई प्रदान गरिने घोषणा गरिएको थियो ।
फुटबल क्रेजीको अवार्ड अर्जुन एफसीलाई प्रदान गरिएको थियो । प्रतियोगिताभर नै उत्कृष्ट खेल पस्केको मेन्टेन टिमलाई राइजिङ स्टार फुटबल टिम अवार्ड दिने घोषणा गरियो भने प्रतियोगितामा इन्करेज टिमको अवार्ड टि स्टार एफसीलाई प्रदान गरिएको छ । प्रतियोगितामा १ जना भाग्यमानी दर्शक गोलाप्रथाबाट बौद्धका साङ्गे लामा छानिए । उनले आकर्षक टर्फीसहित नगद ११ हजार पुरुस्कार प्राप्त गरे ।
निकै तामझामको साथ सम्पन्न गरिएको फिल्म कपको अवसरमा नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ पोखरा संस्करणको विजेताहरुलाई अवार्ड तथा ट्रफी हस्तान्तरण गरिएको थियो ।
यो वर्षको नेशनल बक्स अफिस फिल्म सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा ८३ सर्ट फिल्महरुलाई पछि पार्दै रुद्र कोइरालाले बनाएको सामाजिक चलचित्र 'कात्रो भाग २'ले उत्कृष्ट सर्ट फिल्मको पुरुस्कार प्राप्त गरेको छ । कात्रोका अभिनेता विक्रम खत्री उत्कृष्ट अभिनेता र विपना केसी उत्कृष्ट अभिनेत्री घोषित भए । निर्देशननर्फ बिकुल देवकोटा कात्रोबाटै उत्कृष्ट घोषित भए । त्यसैगरी चरित्र अभिनेता द टिचरबाट बिरु गुरुङ, चरित्र अभिनेत्रीमा संगीता थापा, बाल कलाकार बिधामा तेजस्वी सापकोटा, सर्ट फिल्म द टिचरबाटै कथामा बसन्त सापकोटा र द्वन्द्व निर्देशनमा खेमनाथ खनालले आफूलाई २०८१ को उत्कृष्ट अवार्डको हकदारको रूपमा पुष्टि गरे । दशैं, तिहार एक सपनाबाट रबिन भट्ट सम्पादकमा, हनुमानदासबाट छायांकारमा शिशिर अर्याल र यस सर्ट फिल्मबाटै मेकअपमा सञ्जु ढकाललगायत थुप्रै विधाबाट विभिन्न कलाकर्मीहरुले अवार्ड हासिल गरे ।
छिट्टै आयोजना हुन गइरहेको नेशनल बक्स अफिस फिल्मब फेयर अवार्डको आयोजनाको प्रमोशनमा आयोजना गरिएको ओपन च्यालेन्ज फिल्म फुटबल कपको फाइनल अघि खेलाइएको मैत्रीपूर्ण खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीले कपन भेट्रान क्लबलाई ५-३ गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । फिल्म कपको भव्य समापनपछि बक्स अफिस इन्टरनेशनल ग्रुपले यही फागुन २३ र २४ गते नेशनल एजुकेसन अवार्डको अवसरमा ओपन च्यालेन्ज एजुकेसन फुटबल कप र जेठ २६ र २७ मा म्युजिक अवार्डको अवसरमा ओपन च्यालेन्ज म्युजिक फुटबल कप आयोजना गर्ने तयारी रहेको कार्यक्रम अध्यक्ष आरके सुवेदीले जानकारी दिए ।