२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

केन्याका जुलियसले जिते धारा नेपालगञ्ज म्याराथन

Nada
२०८३ मंसिर १२ गते ११:४०
Shares
केन्याका जुलियसले जिते धारा नेपालगञ्ज म्याराथन

नेपालगञ्ज : १२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिकुकेले जितेका छन् ।

शनिबार बिहान बीपी चोकबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै जुलियसले पहिलो स्थान हासिल गरेका हुन् । प्रतियोगितामा नेपाली धावक कुलबहादुर दोस्रो र कृष्णबहादुर तेस्रो भए ।

नेपालगञ्ज म्याराथनको इतिहासमा पहिलोपटक विदेशी धावकले उपाधि जितेका हुन् । जुलियसको जितसँगै यसअघिका संस्करणमा नेपाली धावकले कायम राख्दै आएको वर्चस्वसमेत समाप्त भएको छ ।

देश तथा विदेशका धावकको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । नेपालगञ्ज म्याराथनले खेलकुद प्रवर्द्धनसँगै स्वास्थ्य, पर्यटन र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

laxmi recruitement

सम्बन्धित खबर