२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

Nada
२०८३ मंसिर ११ गते १५:०५
Shares
दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ । 

कर्णाली प्रदेश रंगशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । कोशीका लागि मिलन राईले खेलको १२औं मिनेट र ३२औं मिनेटमा दुई गोल गरेका थिए । यस्तै अमित सन सतारले खेलको १४औं मिनेट तथा सौरभ लिम्बूले ६४औं मिनेटमा गोल गरेका थिए ।

यस्तै लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९औं मिनेटमा फागुराम चौधरीले गरेका थिए । कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८औं मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा सीमित भएको थियो । पहिलो खेलमा बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छ । त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंकविहीन भएको छ । आजै बागमती र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल हुँदैछ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर