२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

केपी ओली कप भोलिदेखि

hardik ivf
मध्यान्ह
२०८१ फागुन १० गते १९:०६
केपी ओली कप भोलिदेखि

काठमाडौं : केपी ओली कप च्याम्पियनसिप फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ । पहिलो खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबिछ हुनेछ ।

प्रतियोगितामा २ विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।

यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् । पहिलो सेमिफाइनल १६ फागुन र दोस्रो सेमिफाइनल १७ फागुनमा हुनेछ ।

यस्तै १९ फागुनमा फाइनल खेल हुने तालिका छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी तथा लिजेन्ड गोलकिपर जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise