सिरहा : सिरहाको भगवानपुर गाउँपालिकाका वडा नं. ३ काे कार्यालयमा चोरी भएको छ ।
चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, इन्भर्टर, ब्याट्री दुई वटा, माेटर दुई वटा र कागजपत्र शनिबार राति चोरी गरेर लगेको वडाध्यक्ष विनाेद कुमार यादवले बताए ।
चोरले वडाध्यक्ष र सचिवको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिब ३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए ।
चोरी गर्ने गिरोहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ठाडीका इन्चार्ज कर्ण कार्कीले जानकारी दिए ।