२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

नेपाल र बंगलादेशबीचको खेल स्थगित

shivam cement
मध्यान्ह
२०८२ भदौ २३ गते २०:०७
नेपाल र बंगलादेशबीचको खेल स्थगित

काठमाडौं : नेपाल र बंगलादेशबीच मंगलबार हुने भनिएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार हुने भनिएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल स्थगित गरिएको जानकारी दिएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार सोमबार काठमाडौंमा भएको जेनजी पुस्ताको आन्दोलनका कारण दशरथ रंगशालामा सुरक्षा चुनौती उत्पन्न भएपछि खेल स्थगित गर्नुपरेको हो ।

उक्त खेल फिफा विन्डोअन्तर्गत आयोजना हुने तय भएको थियो । खेलपछि राष्ट्रिय टोलीका फरवार्ड भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गर्ने तयारीसमेत गरेका थिए ।
यसअघि शनिबार दुवै टोलीबीच भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नेपालले एएफसी एसियन कप छनोटका तयारीस्वरूप बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम बनाएको थियो । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ, जहाँ मलेसिया, लाओस र भियतनाम पनि छन् ।

समूह चरणमा नेपालले अहिलेसम्म खेलेका दुई खेलमा दुवैमा हार व्यहोरेको छ । नेपाल मलेसिया र लाओसविरुद्ध अवे मैदानमा पराजित भएको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise