२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

एएफसी यू-२३ एसियन कप छनोट: पहिलो खेलमा नेपाल पराजित

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते ०७:२५
एएफसी यू-२३ एसियन कप छनोट: पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ : एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रंगशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४-० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधवारको खेलमा सिरियाले फिलिपिन्सलाई २-१ गोलअन्तरले पाखा लगाएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise