२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एएफसी यू-२३ एसियन कप छनोट: पहिलो खेलमा नेपाल पराजित

shivam cement
२०८२ भदौ १९ गते ०७:२५
Shares
एएफसी यू-२३ एसियन कप छनोट: पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ : एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रंगशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४-० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधवारको खेलमा सिरियाले फिलिपिन्सलाई २-१ गोलअन्तरले पाखा लगाएको थियो ।

सम्बन्धित खबर