२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

प्याराडाइज युवा क्लब सेमिफाइनलमा

shivam cement
सुवास लामिछाने
२०८२ भदौ १६ गते ०९:४०
प्याराडाइज युवा क्लब सेमिफाइनलमा

चितवन : माडीमा जारी ३०औं राष्ट्रिय स्तरको स्टार कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन प्याराडाइज युवा क्लब सौराहा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न क्वाटरफाइनलमा प्याराडाइजले बसन्तपुर युनाइटेड क्लबलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । विजयी टोलीका लागि राज भुसालले दुई गोल गरे भने पराजित बसन्तपुरका लागि सन्दीप बो्टेले एक मात्र गोल फर्काएका थिए ।

प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेल आज (सोमबार) आयोजक स्टार स्पोर्ट युवा क्लब बरुवा र भरतपुर–२४ युवा तथा खेलकुद समितिबीच हुने आयोजक क्लबका पूर्वसचिव टिकाराम सुवेदीले जानकारी दिए ।

स्टार स्पोर्ट युवा क्लब बरुवाले हरितालिका तीज र जितियाको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद दुई लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले मेडल, प्रमाणपत्रसहित नगद एक लाख २५ हजार ५५५ रुपैयाँ पाउनेछ । साथै, उत्कृष्ट खेलाडीलाई समेत विधागत पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले बताए ।

यसपटकको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise