वीरगन्ज : वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले विद्यार्थीहरूको सिर्जनशीलता र आत्मविश्वास बढाउन विभिन्न सांस्कृतिक तथा सृजनात्मक कार्यक्रममा जोड्नुपर्ने बताएका छन् ।
विरगन्जस्थित गौतम स्कूलको ४८ औं वार्षिकोत्सवको अवसरमा नगरप्रमुख सिंहले बालबालिकाको प्रतिभा उजागर गर्न सांस्कृतिक तथा सृजनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै उनले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक सबैको उत्तिकै भूमिका रहने बताए । यस्तै उनले विद्यालयले गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा उपमेयर इम्तियाज आलमले गौतम स्कूलले शिक्षाको क्षेत्रमा वर्षदेखि पु¥याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
स्कूलकी सहायक प्रधानाध्यापक परीक्षा पिया लामाले आफ्नो मन्तव्यमा विद्यालयको लामो यात्रा र उपलब्धिहरूबारे प्रकाश पारेकी थिइन् । उनले ४८ वर्षको अवधिमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहयोगले गौतम स्कूलले यो उचाइ हासिल गरेको बताइन् ।
कार्यकारी निर्देशक सोनम लामाले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक योजना र कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो कार्यक्रम सहजीकरण गौतम स्कूलको शिक्षक सौराज प्रधानले गरेका थिए ।
कार्यक्रममा बालबालिका र विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सृजनात्मक प्रस्तुतिहरूमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।