२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दुध उत्पादन वृद्धि गर्न भैँसीको पाडी वितरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १६ गते २०:५५
दुध उत्पादन वृद्धि गर्न भैँसीको पाडी वितरण

बुटवल : बुटवल उपमहानगरपालिकाले दुध प्रवर्द्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण शुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण शुरु गरेको हो ।

जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ । एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सवल बनाउनका लागि भैँसीका पाडी वितरण गरिएको बताए । उनले वितरण गरिएका पाडीहरुको बीमा गरी किसानलाई उपलब्ध गराइएको बताए । 

‘बुटवललाई दुध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित किसानलाई पाडी वितरण गरिएको हो’, उनले भने, ‘किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवललाई दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मदत पुग्नेछ ।’ 

आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताए । उनका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् ।  

बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो । 

मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानलसहितको मेसिन उपलब्ध गराइएको हो ।  

पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैँसी गोठ सुधारतर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उनले बताए । गाईभैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधारतर्फ अनुदान दिएको उनले बताए । आहारा सुधार सेवा कार्यक्रम अन्तर्गत उन्नत जातको घासको बिउ अनुदानमा वितरण गरेको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise