२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

महिनावारी स्वास्थ्य र स्वच्छतासम्बन्धी फोटो प्रदर्शनी

draupadi film
सन्तोष पौडेल
२०८१ फागुन २४ गते २१:००
महिनावारी स्वास्थ्य र स्वच्छतासम्बन्धी फोटो प्रदर्शनी

‎बर्दिया : ‎बर्दियाको गेरुवा गाउँपालिकामा महिनावारी स्वास्थ्य र स्वच्छता सम्बन्धी फोटो कथा प्रदर्शनी गरिएको छ । ‎युके एड र वाटर एडको आर्थिक सहयोग तथा नेपाल प्रजनन् स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाद्वारा सञ्चालित वास गेन्स परियोजनाअन्तर्गत फोटो कथा प्रदर्शनी गरिएको हो ।

‎गेरुवा गाउँपालिका वडा नं. ५ स्थित पशुपति माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रदर्शनीमा सहभागी छात्रछात्राहरुले घरपरिवार, समुदाय तथा विद्यालयमा भोगी रहेका महिनावारी समस्या तथा फोहर व्यवस्थापनका बारेमा फोटो कथाका रूपमा प्रदर्शनीमा प्रस्तुत गरिएको थियो । ‎उनीहरुले प्लास्टिकजन्य फोहोरको व्यवस्थापनमा भएको समस्या, समाजमा विद्यमान छाउपडी अभ्यास एवम् महिनावारीको बेलामा गरिने बन्देज तथा जोखिमपूर्ण मान्यताहरुले किशोरीहरुको पढाइमा पर्न गएको बाधाका बारेमा आफ्नै कथा फोटोमार्फत व्यक्त गरेका थिए । 

त्यस्तै महिनावारी भएका बेला अपाङ्गता भएका किशोरीहरुले भोग्नु परेको चुनौतीलाई समेत फोटो कथामार्फत उजागर गरेका थिए । ‎प्रदर्शनीमा विद्यालयभित्र सेनेटरी प्याडको गुणस्तर, महिनावारी आराम कक्षको उचित व्यवस्थापन तथा फोहर व्यवस्थापनको अभ्यास एवम् जलाएर फोहर व्यवस्थापन गर्दा उत्पन्न हुने दुर्गन्ध र धँुवाले पारेको समस्याका बारेमा फोटोमार्फत कथा प्रस्तुत गरेका थिए ।

‎यसरी छात्रछात्राले प्रदर्शनीका लागि राखेको फोटो कथा गाउँपालिकाका पदाधिकारीहरु, अभिभावकहरु, विद्यार्थी एवम् शिक्षकहरुले अवलोकन गरेका थिए । अवलोकन पश्चात राखिएको अन्तरक्रिया कार्यक्रममा महिनावारी स्वास्थ्य र स्वच्छता सम्बन्धी देखिएका समस्याहरुको समाधानका लागि गाउँपालिका लागि पर्ने गेरुवा गाउँपालिका सामाजिक विकास समिति संयोजक निर्मल चौधरीले प्रतिबद्धता जनाए । ‎परियोजनाको कार्य क्षेत्र अन्तर्गतको पशुपति माध्यमिक विद्यालय पशुपतिनगरकै ६ जना छात्रछात्रा छनोट गरी एकहप्ते सहभागितामूलक फोटोग्राफी तालिम प्रदान गरिएको थियो । करिब १ महिना लगाएर उनीहरुले फोटो कथा तयार गरी प्रदर्शनीमा राखेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise