२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

लागुऔषध गतिविधि रोक्न खोज्दा युवकलाई चक्कु प्रहार, आरोपी पक्राउ

Nada
पिन्टु यादव
२०८३ कार्तिक ५ गते ०७:२५
Shares
लागुऔषध गतिविधि रोक्न खोज्दा युवकलाई चक्कु प्रहार, आरोपी पक्राउ

सप्तरी : सप्तरीको विष्णुपुर चोकमा लागुऔषधसम्बन्धी गतिविधि रोक्न खोज्दा भएको विवादमा चक्कु प्रहारबाट ३७ वर्षीय श्याम अपतार यादव घाइते भएका छन्।

ncell

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रविनकुमार मण्डललाई पक्राउ गरेको छ। बुधबार साँझ करिब ६:३० बजे सार्वजनिक स्थानमा गाँजा काटिरहेको देखेपछि स्थानीय रामअपतार यादवले मण्डललाई सम्झाउन खोजेका थिए।

सोही क्रममा विवाद भएपछि चोकमा हिँडिरहेका श्याम अपतार यादवमाथि चक्कु प्रहार भएको पीडितले बताएका छन्। चक्कु प्रहारबाट यादवको पेट र बायाँ पाखुरामा चोट लागेको छ।

उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। स्थानीय सतेन्द्र यादवका अनुसार, मण्डल लामो समयदेखि लागुऔषध सेवनमा संलग्न रहेको र करिब सात महिनासम्म सुधार केन्द्रमा बसेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार, घटनामा संलग्न रहेको आरोपमा मण्डललाई घटनास्थलबाटै पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

uae

सम्बन्धित खबर