काठमाडौं : सरकारले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वस्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डा. शर्मालाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेका हुन् ।
डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।
गत ४ फागुनमा डा. सन्तोष पौडेलले वीर अस्पतालको कार्यकारी निर्देशकको दुई वर्षे कार्यकाल पूरा गरेपछि उक्त पद रिक्त रहेको थियो ।