२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

बागमतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदै छौँ : मुख्यमन्त्री लामा

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १४:४२
बागमतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदै छौँ : मुख्यमन्त्री लामा

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताएका छन्  । 

हेटौँडा अस्पतालमा आज मंगलबार मुटु रोगसम्बन्धी सेवाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सेवाको गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताए । विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रूपमा सुधार भइरहेको उनले जनाए । 

मुख्यमन्त्री लामाका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको छ । 

हाल देशमा मुटु रोगसम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकार त्यसतर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ । स्वास्थ्य सेवालाई राजनीतिक करण गर्न बन्द गर्नुपर्नेमा मुख्यमन्त्री लामाको जोड थियो । 

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफू लागिपरेको बताए । विभिन्न संघ संस्थासँगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनले जनाए ।  

अस्पतालमा कार्डियो सेवाको दीर्घकालीन सञ्चालन तथा क्याथ ल्याब सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता गरेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीले प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै निरन्तरता महत्त्वपूर्ण हुने बताए । सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ चिकित्सकलाई अस्पतालमा दुई वर्ष टिकाउनुपर्ने अवस्था रहेको उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise