२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

draupadi film
मध्यान्ह
२०८१ फागुन २९ गते ११:०७
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

चितवन : गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा गुरुङ समुदायमा हरेक वर्ष फागु पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । 

यो पर्वमा धनुष वाण, बर्छा,छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि  गरिन्छ ।  खुकुरीजस्ता घरेलु हतियारको  पूजा गरी खेल सुरु हुन्छ । सिकारी युगमा धनुष वाणको आवश्यकता र महत्त्व धेरै थियो । आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु संघका अध्यक्ष विक्रम गुरुङले बताए ।

चितवनको-भरतपुर ११ नौरंगेस्थित क्होइवोे परिसरमा आज जिल्ला स्तरीय धनुष वाण प्रतियोगिता  तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले बताए । 

ADV

सम्बन्धित खबर

Advertise