२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, इमरान, लोकेश र रसेलको अर्धशतक

Nada
२०८३ कार्तिक १७ गते १४:१७
Shares
विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, इमरान, लोकेश र रसेलको अर्धशतक

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनायो ।

विराटनगरका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ खेले । इमरान शेख, आन्द्रे रसेल र लोकेश बमले अर्धशतक बनाए । इमरानले ४५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए । रसेलले २९ बलमा ५ छक्का र २ चौकाको सहयोगमा अविजित ५२ रन बनाए । लोकेशले ४० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाए ।

जनकपुरका लागि अभिषेक तिवारीले २ विकेट लिँदा मोइन अलीले १ विकेट हात पारे ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर