
काठमाडौँ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुँयाल चार दिनका लागि बिदामा बसेका छन् ।
न्यायाधीश फुयालले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग कात्तिक १७ गतेदेखि २० गतेसम्मका लागि बिदा स्वीकृत गराएका हुन् ।
कात्तिक २० गतेपछि तिहार बिदा सुरु हुने भएकाले उनी कम्तीमा कात्तिक २७ गतेसम्म अदालतको नियमित कामकारबाहीमा उपस्थित नहुने देखिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटा र न्यायाधीश फुयालबीच भएको भनिएको कुराकानीको स्क्रिनसट सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।
उक्त स्क्रिनसट सार्वजनिक भएसँगै न्यायाधीश फुयालको भूमिकालाई लिएर विभिन्न प्रश्न उठिरहेका छन् ।