२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

होली लक्षित ट्राफिक सुरक्षा : लहानसहित सिरहाका २० स्थानमा कडाइ

Nada
२०८१ फागुन २९ गते ११:३९
Shares
होली लक्षित ट्राफिक सुरक्षा : लहानसहित सिरहाका २० स्थानमा कडाइ

लहान : होली पर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, लाहान सिराहाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। ट्राफिक प्रहरी इन्चार्ज तथा  प्रहरी निरीक्षक पोषणराज थपलियाको कमाण्डमा लहान, धनगढी, गोलबजार, नवराजपुर, बरियारपट्टी, मिर्चैया, बन्दीपुर, सिरहा लगायतका २० स्थानमा ५९ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

ncell

मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न मोबाइल ड्युटी, पीके ड्युटी तथा चेकजाँच ड्युटीहरू सञ्चालन गरिएका छन् । साथै, सिभिल ड्रेसमा समेत प्रहरी खटाइएकाले नियम उल्लंघन गर्ने जो-कोही कारबाहीमा पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले होली पर्व सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी साधन नचलाउन, ट्राफिक नियमको पालना गर्न तथा दुर्घटनाबाट जोगिन सम्पूर्णमा अनुरोध गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर