काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नियमित मन्त्रिपरिषद बैठक सोमबार बस्ने गरेको भएपनि आज १२ बजेपछि बालुवाटारमा आकस्मिक रुपमा बैठक बोलाइएको हो ।
मन्त्रीमण्डल पुनर्गठनको चर्चा भैरहेको समयमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । मन्त्रीमण्डल पुनर्गठनका विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।
बिहीबार, शुक्रबार र शनिबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । अर्थ र सञ्चारलगायत महत्वपूर्ण मन्त्रालयहरु खाली रहेकाले यसलाई छिट्टै टुंग्याउने दुई अध्यक्षको तयारी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies