काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै थापा सेल्फ क्वारेन्टिनमा बसेको सेनाले विज्ञप्ति प्रकाशित जानकारी दिएको छ । प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies