काठमाडौं : धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
निर्वाचन समितिका संयोजकले बुधबार राजीनामा दिएपछि निर्वाचन स्थगित भएको क्याम्पस प्रमुख नवराज शर्माले बिहीबार जनाएका छन् ।
निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिएपछि क्याम्पस प्रमुख शर्माले अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका निर्वाचनका सबै प्रक्रिया हाललाई स्थगित गरिएको जनाएका हुन् ।