बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : गोठ भत्किएर पाल्पामा सोमबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीस्थित डबकाका ५४ वर्षीय हरिबहादुर लम्तरी रहेका घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले मध्यान्हलाई बताए ।
घटनास्थलमै लम्तरीको मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए । घटनामा सोही गाउँपालिका वडा नम्बर ८ सोमहरका ४८ वर्षीय अमरबहादुर पेग्मी घाइते भएका छन् ।
छिमेकी पुतली सुनारको गोठमा गारो लगाउने क्रममा एक्कासी भत्किएर उनीहरू दिउँसो करिब २ बजे पुरिएका थिए। पुरानो गोठ मर्मत गर्ने क्रममा भत्किएको हो। घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
लम्तरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन ल्याउँदै गरिएको उनले बताए । गोठ भत्किँदा दुई वटा भैंसी र एउटा बाख्रासमेत मरेका छन् । केही मानिस भने भागेर ज्यान बचाउन सफल भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies