काठमाडौं : कतारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारी गुमााएका विदेशी कामदारलाई स्थानीयस्तमा रोजगारी दिने प्रक्रिया शुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले संघ मार्फत नेपाली समुदायमा रहेका बेरोजगार कामदारहरुको विवरण संकलनका लागि गुगल फर्म जारी गरेको बताएको छ ।
कतारको श्रम तथा सामािजक मामिला मन्त्रालयले रोजगारी गुमाएका अदक्ष र अर्धदक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउने बताएको छ । एनआरएनए कतारले कतारको श्रम तथा सामािजक मामिला मन्त्रालयको आग्रहपछि रोजगारीको सम्पर्क गर्न विद्युतीय लिंक तयार पारेको छ । एनआरएनए कतारका महासचिव पदम गिरीले लिंकमार्फत रोजगार आकांक्षी युवा युवतीहरुले आफ्नो बायोडाटा पेश गर्न सक्ने बताएका छन् । उनले भर्ना हुने नयाँ कर्मचारीले कतारको कानून अनुसार तलव सुविधा पाउने बताएका छन् ।
कतारले कोरोना भाइरसका कारण आप्रवासी कामदार स्वदेश फर्किएको र नयाँ कामदार कतार पुग्न खर्चिलो हुनुको साथै समय पनि बढ्ने भएपछि आफ्ना देशमै रहेका विदेशी कामदार प्रयोग गर्ने नयाँ नीति लिएको हो । सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको आयोजक कतारमाथि सकेसम्म छिटो भौतिक संरचनाको काम सक्नुपर्ने दवाब रहेको छ ।
कोरोना संक्रमणका कारण विदेशी कामदार स्वदेश फर्किएपछि हाल खाडी मुलुकमा विदेशी कामदारहरुको अभाव हुँदै गएको छ । खासगरी सरसफाई, डेलिभरी, सुरक्षालगायतका क्षेत्रमा नयाँ कामदारको खोजी भइरहेको बताइएको छ ।
यूएईमा पनि सरसफाईका लागि विदेशी कामदारहरुको माग बढेको छ । यूएईस्थित नेपाली दूतावासमा कार्यरत काउन्सेलर श्रम निर्मला थापाले धेरै विदेशी कामदार स्वदेश फर्किपछि यूएईमा रोजगारीका क्षेत्रहरु खाली हुँदै गएको र स्थानीय रोजगारदाता कामदार खोज्दै नेपाली दूतावास आउन थालेको बताइन् । यूएईबाट करिब २४ हजार नेपाली कामदार स्वदेश फर्किएका छन् । त्यहाँ करिब ६० हजार नेपाली कामदारको श्रम करार र भिसाको अवधि सकिएको अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies