कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नदीको खोरिया घाटमा एकजना व्यवसायी मृत अवस्थामा फेला परेका छन । कपिलवस्तु नगरपालिका बडा नम्बर दुई चौक बजारका ४५ वर्षीय सुनचाँदी व्यवसायी राघवेन्द्र बर्मा यशोधरा गाउँपालिका वडा नं ८ स्थित खोरिया घाटमा मृत अवस्थामा फेला परेका हुन् ।
नदी किनारमा तैरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनी शनिवार साँझदेखि बेपत्ता थिए । शनिवार सांझ पसल वन्द गरेर सन्ध्याकालिन घुमफिरमा निस्केका वर्मा घर नफर्किएपछि उनको खोजी कार्य शुरु गरिएको थियो ।
पोष्टमार्टमपछि मात्रै घटनाको जानकारी आउने प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । घटना प्रति कपिलवस्तु सुनचांदी व्यवसायी संघले दुःख ब्यक्त गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies