२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु

Nada
२०८१ चैत १ गते ११:४७
Shares
गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु

सुर्खेत : गाडीबाट हाम फाल्दा चोट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्  ।

ncell

गए राति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उपाध्यायलाई अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर